विकास निर्माण गर्न मन्त्री नै बन्नुपर्छ भन्ने छैन: प्रकाशमान सिंह

कांग्रेसका नेता प्रकशमान सिंहले जनताको काम गर्न मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन्।

काठमाडौंको शंखमुलमा शनिबार आयोजित कार्यक्रममा उनले विकास निर्माणका लागि मन्त्री हुनै पर्ने आवश्यकता नभएको औल्याए।

‘म जनप्रतिनिधि हुँ। म मन्त्री प्रधानमन्त्री हुँला नहुँला तर जनप्रतिनिधिको पद त मैसँग छ नि। मैले गर्न सक्ने काम त म त्यसैबाट गर्न सक्छु,’ सिंहले भने।

यद्यपि, प्रधानमन्त्री बन्न सके मुलुककै कायापलट गर्ने आत्मविश्वास आफूमा रहेको बताए। प्रधानमन्त्री जनता र आफूले चाहँदैमा बन्न नसक्ने पनि सिंहको भनाइ थियो।

उनले भने,‘यो त तपाईंहरूले मात्रै चाहेर पनि हुँदैन। मैलेमात्रै चाहेर पनि हुँदैन। संसदीय दलको निर्वाचन हुँदैछ। त्यसमा निर्भर गर्छ।’

प्रकाशित मिति: : 2022-12-17 13:39:00

प्रतिकृया दिनुहोस्