रास्वपाकी निशा बनिन् कान्छी सांसद

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की निशा डाँगी सबैभन्दा कम उमेरकी सांसद बनेकी छन्।

उनी रवि लामिछाने नेतृत्वकाे रास्वपाबाट समानुपातिकमार्फत प्रतिनिधि सभा सदस्य बनेकी हुन्।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बन्नका लागि २५ वर्ष पुगेको हुनुपर्ने व्यवस्था रहेकाे छ, निशा २५ वर्षकी मात्रै रहेकी छन्।

त्यस्तै सबैभन्दा कम उमेरका सांसदकाे सूचीमा रास्वपाकै विनीता कठायत दाेस्राे नम्बरमा रहेकी छन्। 

समानुपातिक प्रणालीमार्फत सांसद बनेकी उनकाे उमेर २६ वर्ष रहेकाे छ भने तेस्राेमा रास्वापकी साेविता रहेकी छन्।
 

प्रकाशित मिति: : 2022-12-14 20:42:00

प्रतिकृया दिनुहोस्