चोलेन्द्र शमशेर जबराको बिदाइ कार्यक्रम राखेको छैन : सर्वाेच्च अदालत

फाइल तस्बिर
फाइल तस्बिर

सर्वाेच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बिदाइ कार्यक्रम नगर्ने भएको छ।

जबरा मंगलबारबाट उमेरहदका कारण सेवानिवृत्त भएका छन्।

गत १ फागुनमा संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका जबरा सर्वाेच्च अदालत नफर्की बिदा भएका हुन्। सर्वाेच्च अदालतले औपचारिक रुपमा उनको बिदाइ नगर्ने भएको छ।

‘उहाँ (जबरा)ले आजबबाट ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउनु भएको छ,’ सर्वाेच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले भने, ‘उहाँको बिदाइ सर्वाेच्चले गर्दैन। बिदाइ कार्यक्रम पनि राखेको छैन।’

२८ मंसिर २०१४ मा जन्मिएका जबरा ६५ वर्षे उमेरहदका कारण सेवाबाट अनिवार्य अवकाश पाएका हुन्। उनले १८ पुस २०७५ मा पद तथा गोपनीयताको शपथ लिएर प्रधानन्यायाधीशको कार्यभार सम्हालेका थिए।

गत १ फागुनमा जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो।

प्रकाशित मिति: : 2022-12-13 16:37:00

प्रतिकृया दिनुहोस्