रूपन्देही क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई हराउँदै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
शुक्रबार सम्पन्न मतपरिणाम अनुसार उनले २७ हजार १ सय ४७ मत प्राप्त गर्दा उनका निकट प्रतिद्वन्द्वी गणेश पौडेलले २५ हजार ७ सय ८१ मत प्राप्त गरेका हुन्।
त्यस्तै सत्ता गठबन्धनबाट राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले २२ हजार ८ मत ल्याएका छन्।