स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी भएका छन्।
नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई हराउँदै उनी विजयी भएका हुन्।
कांग्रेसका राजुले ३१९९९ मत ल्याए भने एमालेका मरासिनीले २८७४४ मत ल्याएका छन्। राजुले ३२५५ मतान्तरले चुनाव जितेका छन्।