बारा–१ को प्रदेशसभा (१) मा नेकपा एमालेका त्रिलोचकीप्रसाद चौधरी निर्वाचित भएका छन्।
एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका उनी २ हजार २५८ मतान्तरले विजयी भएका हुन् ।
चौधरीले १६ हजार ७९८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेशप्रसाद दंगालले १४ हजार २७० मत पाएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद साह कलवारले ३ हजार १२२ मत पाए भने स्वतन्त्र उम्मेदवार एकबहादुर श्रेष्ठले १ हजार ५०२ मत पाएका छन्।