सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार सरेश नेपालले अग्रता कायम गरेका छन्।
नेपालले ६ हजार चार सय ६६ मत ल्याउदा उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार माधव सापकोटाले पाँच हजार पाँच सय ३६ मतले पछ्याइरहेका छन्।
१५ हजार तीन सय ७४ मत गणना गर्दा सापकोटाभन्दा नेपाल नाै सय ३० मतले अगाडि छन्। क्षेत्र नम्बर १ (क) मा एमालेका उम्मेदवार युद्धविक्रम तामाङले अग्रता बनाएका छन्।
उनले सात हजार तीन सय ४६ मत ल्याएका छन भने गठबन्धनका उम्मेदवार कांग्रेसकी मसिना खड्काले सात हजार तीन सय २८ मत छ। यी दुईबीचमा तामाङ १८ मतले अगाडि छिन्।
यस्तै क्षेत्र न. २ मा कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता लिएका छन्। बस्नेतले पाँच हजार नाै सय ५४ मत ल्याउदा प्रतिद्धन्द्धी एमालेका उम्मेदवार शेरबहादुर तामाङले चार हजार तीन सय ८१ मत छ। बस्नेतभन्दा तामाङ एक हजार पाँच सय ७३ मतले पछाडि छन्।
क्षेत्र नम्बर २ (क) मा गठबन्धन उम्मेदवार युवराज दुलालले अग्रता बनाएका छन्। दुलालकाे पाँच हजार नाै सय ६८ मत छ। सम्झना कार्की