मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत खोटाङमा मतगणना जारी छ।
मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’ले सुरुआती चरणमा अग्रता लिएका छन्। राई माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं १ नं प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री छन्।
मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार अहिलेसम्म १२०० मत गणना हुँदा राईले ५ सय ७५ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का विशाल भट्टराईले ५ सय ४६ मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभाको एक र प्रदेशसभा दुई क्षेत्रको मतगणना फरक–फरक स्थानमा गरिएको छ। एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा ६७ हजार ३७३ अर्थात् ४७ दशमलव १८ प्रतिशत मत खसेको छ।