मुस्ताङ प्रदेशसभा (क) मा नेपाली कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन्।
कांग्रेसका गुरूङले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गर्दै विजयी हासिल गरेका हुन्।
नम्डुले १ हजार ४८ मत ल्याउँदा विष्टले ७ सय ९३ मत प्राप्त गरेका छन्।
गुरुङ गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा लोमान्थाङ गाउँपालिकाको वडा नम्बर ४ को वडाअध्यक्षमा पराजित भएका थिए।