ललितपुर– ३ : एमालेका खड्काकाे अग्रता, पम्फा दाेस्राेमा

प्रतिनिधि सभातर्फ ललितपुर क्षेत्र नं. ३ मा नेकपा (एमाले) अमृत खड्काले अग्रता कायम गरेका छन्।

बिहान ११ बजेसम्म कुल २ हजार ४ सय १६ मत गणना गर्दा एमालेका खड्काले ७ सय ८४ मत प्राप्त गरेका छन्। भने, दाेस्राे रहेकी नेकपा (माओवादी केन्द्) कि पम्फा भुसालले ६ सय ९४ मत प्राप्त गरेकी छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. ताेसिमा कार्कीले ६ सय ७३ मत मात्रै प्राप्त गरेकी छन्।

७० वटा मत बदर भएका छन्।

ललितपुरका अन्य दुई क्षेत्रमा पनि एमालेले नै अग्रता कायम गरेका छ।

प्रकाशित मिति: : 2022-11-21 11:23:00

प्रतिकृया दिनुहोस्