मोरङमा सोमबारबाट मतगणना हुने

मोरङमा सोमबारबाट मात्र मतगणना सुरु हुने भएको छ।

निर्वाचन आयोगले रातिबाटै मतगणना सुरु गर्न निर्देशन दिएको भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार बिहानबाट मात्र गणना सुरु गर्ने तयारी गरेको हो।

मोरङको उत्तरी क्षेत्र भौगौलिक रुपमा यातायात सहज रुपमा आवतजावत नहुने भएकोले अन्यन्त्र जिल्ला हुँदै ल्याउनुपर्ने अवस्था रहेको कारण तत्काल गणना सुरु हुने अवस्था नरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए।

सबै निर्वाचन क्षेत्रको मतपेटिका संकलन भइसकेपछि एकसाथ गणना सुरु गर्ने उनले जानकारी दिए।

प्रकाशित मिति: : 2022-11-20 21:12:00

प्रतिकृया दिनुहोस्