शंकर पोखरेल र रेखा शर्माले खसाले भोट

BreaknLinks
BreaknLinks

नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेखा शर्माले मतदान गरेका छन्।

पोखरेलले तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा रहेको मतदान केन्द्र र शर्माले घोराही उपमहानगरपालिका–१८ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्। 

उनीहरू दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका छन्। मतदान गर्दै महासचिव पोखरेलले अब राजनीतिक ध्रुविकरण आवश्यक भइसकेको बताएका छन्।

मुलुक बनाउन बलियो राष्ट्रिय शक्ति चाहिने भन्दै त्यो बलियो राष्ट्रिय शक्ति एमाले रहेको उनले दाबी गरेका छन्।

प्रकाशित मिति: : 2022-11-20 07:47:00

प्रतिकृया दिनुहोस्