नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मतदान गरेका छन्।
गृहजिल्ला चितवनको भरतपुर महानगर–१४ शिवनगरस्थित आधारभूत विद्यालय शान्तिपुरबाट मतदान गरेका हुन्।
मतदानपछि अध्यक्ष प्रचण्डले चितवनमा मतदाताहरूको उत्साहजनक सहभागिता देखेकाे बताएका छन्। सत्ता गठबन्धनले दशैभरबाट बहुमत प्राप्त गर्ने उनकाे दाबी छ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका कारण गठबन्धन नटुट्ने पनि प्रष्ट पारेका छन्। ‘प्रधानमन्त्रीका कारणले गठबन्धन टुट्दैन’ उनले भने।