केपी ओलीको प्रश्न– एउटै घोषणापत्र बनाउन नसक्ने गठबन्धनले साझा काम कसरी गर्छ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले साझा घोषणापत्र बनाउन नसकेको सत्तारुढ गठबन्धनले साझा काम कसरी गर्छ भनेर प्रश्न गरेका छन्।

आइतबार कालिकोटमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनले के कार्यान्वयन गर्छ, उहाँहरुको आ–आफ्नो घोषणापत्र छ? एउटै घोषणापत्र छैन। एउटा साझा घोषणापत्र दिन नसक्नेले साझा काम कसरी गर्छ ?कुन घोषणापत्र लागु हुन्छ, उनीहरु भन्न सक्दैनन्।’

तर, एमाले र एमालेका उम्मेदवारले इमान्दारीपूर्वक काम गर्ने ओलीको दाबी छ। ‘हामी हाम्रो उम्मेदवारको जिम्मेवारी लिन्छौँ,’ ओली भने, ‘हामीले कर्मठ र सक्षम उम्मेदवार उठाएका छौँ, उहाँहरुले इमान्दारीपूर्वक काम गर्नुहुन्छ।’
 

प्रकाशित मिति: : 2022-11-13 14:19:00

प्रतिकृया दिनुहोस्