केपी ओलीले जतनासँग मत माग्ने नैतिक अधिकार गुमाइसकेका छन् : प्रचण्ड

File photo
File photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले केपी ओलीले जनतासँग मत माग्ने नैतिक अधिकार गुमाइसकेकाे बताएका छन्।

मंगलबार गठबन्धनले आयाेजना गरेकाे आम सभालाई सम्बाेधन गर्न जुम्ला पुगेका प्रचण्डले एमाले अध्यक्ष ओलीलाई संविधान मिच्ने, प्रतिगमनका पक्षधर भनी आराेप लगाएका हुन्।

'केपी ओेली कुन मुख लिएर जनतामाझ जान्छन्? हामीले देशमा स्थायित्व र विधिकाे शासनका लागि उनलाई प्रधानमन्त्री बनाएका थियौं,' उनले भने, 'जे नगर्नु थियाे त्यही गरेपछि उनकाे नैतिकता कहाँ रहन्छ ?'

सत्तरी वर्षसम्म संघर्ष गरेर ल्याएकाे परिवर्तनलाई ओली एक निमेशमै सकाउन खाेजेकाे आराेप लगाउँदै उनले भने, 'हामीले कुनामा मिल्काएकाे राजतन्त्रकाे पक्ष लिने ओलीले अग्रगमन चाहने जनताकाे घरमा गएर मत माग्ने नैतिक अधिकार छैन।'

उनले खस सभ्यता र साम्राज्यकाे भूमिबाट एमाले नामकाे पार्टीलाई नामेट पार्न गठबन्धनका उम्मेदवारहरुलाई निर्धक्क मत दिन आग्रह गर्दै विकास र समृद्धिकाे बाधकलाई कुनैपनि हालतमा पराजय गर्न आग्रह गरे।

चतुर राजनीतिक खेलाडीकाे रुपमा परिचित उनले जुम्ला र समग्र कर्णालीकाे विकास गठबन्धनकाे बलबाट मात्रै सम्भव भएकाे बताए।

'तपाईहरुले गठबन्धनलाई साथ दिनुभयाे भने चाँडै नै कर्णाली राजमार्ग पिज गर्ने मेराे दायित्व हाे,' मञ्चमा बसेका कांग्रेस उपसभापति पूर्ण बहादुर खड्कालाई साक्षि राख्दै प्रचण्डले भने, 'कर्णालीमा बढी भन्दा बढी बजेट विनियोजन गराउनलाई म जुनसुकै खालकाे मुल्य चुकाउन तयार छु।'

लाेकतन्त्रकाे विकास र संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेकाे प्रचण्डकाे जाेड छ। 'गठबन्धनकाे आवश्यकता सरकार बनाउनलाई मात्रै हाेइन। दिर्घकालीन विकासका लागि हाे।'

प्रचण्डले जुम्लाबाट प्रतिनिधि सभाको उम्मेदवार बनाइएकी गाेमा गाैतक कुवर सक्षम महिला उम्मेदवार भएकाे हुनाले निर्धक्क बहुमत दिएर जिताउन आग्रह गरे। उनले भने, 'गाेमा गाैतम कुँवर पहिला राज्यमन्त्री हुनुहुन्थ्यो। उहाँलाई तपाईंहरुले बहुमत दिएर जिताउनु भयाे भने मन्त्री बनाउने जिम्मा मेराे हाे।'
 

प्रकाशित मिति: : 2022-11-08 14:52:00

प्रतिकृया दिनुहोस्