वरिष्ठ कलाकार नीर शाह भन्छन्– प्रदीप सुन्दर नेपालको परिकल्पनाकार हुन्

वरिष्ठ कलाकार नीर शाहले काठमाडौँ क्षेत्र नम्बर ५ का मतदातालाई मतदान गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन्। विशालनगरमा शनिवार बिहान आयोजित लोकतान्त्रिक बुद्धिजीवी तथा पेसाकर्मी समूहको भेलामा उनले पाँच वर्ष अघि गरेकोभूल सुधार गर्नुपर्ने बताएका हुन्।

‘मैले पाँच बर्षअघि पनि लोकतान्त्रिक शक्तिलाई मत दिँऔँ भनेर भनेको थिए। अब यसपटक भने भुल नगरौँ,’ उनले भने, ‘अहिले यस क्षेत्रले प्रदीप पौेडेललाई उम्मेद्वारको रुपमा पाएको छ। प्रदीप सुन्दर नेपालको परिकल्पनाकार हुन्। संकुचित सामन्ती सोचलाई पराजित गर्न लागि गठबन्धन गरेको हो। वैचारिक सम्मुन्नतिको पक्षमा मतदान गर्नुहोला।’

प्रकाशित मिति: : 2022-11-05 13:21:00

प्रतिकृया दिनुहोस्