सूर्या लाइफ इन्स्योरेन्सका सेयरधनीको हात खाली

सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको छ।

कम्पनीको ९ असोजमा बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने घोषणा गरेको हो। 

कम्पनीले आर्थिक वर्ष २०७७-७८ मा सेयरधनीलाई बाँड्न मिल्ने गरी नाफा कमाएको भए पनि ज्योति लाईफसँग मर्जरको प्रक्रियामा रहेकाले अहिले लाभांश नबाँड्ने घोषणा गरेको हो।

प्रकाशित मिति: : 2022-09-27 12:52:00

प्रतिकृया दिनुहोस्