विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मंगलवार मोरङको क्षेत्र नं. ३ का तीन छुट्टा छुट्टै स्थानमा सञ्चालन गराएको निःशुल्क स्वास्थ्य शिविरबाट आठ सय भन्दा बढी विरामी लाभान्वित भएका छन्।
डा.शर्माले नोबेल अस्पतालमार्फत बेलवारी वडा नं।२, बेलबारी वडा नं।११ र पथरीशनिश्चरे वडा नं.३ मा शिविर सञ्चालन गराएका हुन्।
तीन वटा शिविरबाट ८ सय ४ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालले जनाएको छ। बेलवारी वडा नं.२ मा आयोजित शिविरमा ७५ जनाको इसीजी, ८९ जनाको रक्त परीक्षण र १०७ जनाको भिडियो एक्सरेसहित कुल २९२ विरामीको स्वास्थ्य परीक्षण गरिएको छ।
नोबेलका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे नेतृत्वको डाक्टरहरुको टोलीले शिविरमा आएका विरामीहरुको स्वास्थ्य परीक्षण गरेको थियो।
त्यस्तै, ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर बेलबारी वडा नं।११ मा शिविर सञ्चालन गरिएको छ। शिविरमा १६५ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको छ। शिविरमा १३१ जना विरामीको मुटुको जाँच इको गरिएको छ। नोबेलका मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपाल नेतृत्वको डाक्टरहरुको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको हो।
यता, पथरीशनिश्चरे वडा नं।३ मा पनि शिविर सञ्चालन गरी ३४७ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको छ। शिविरमा स्त्रीरोग बिशेषज्ञ डा.तृप्ती यादव नेतृत्वको डाक्टरहरुको टोलीले ८७ जनाको इसीजी, ९१ जनाको रक्त परीक्षण र १२१ जनाको भिडियो एक्सरे गरेको छ।
तीन वटै शिविरबाट थप उपचारका लागि १२५ जना विरामीलाई नोबेल अस्पताल रेफर गरिएको छ। बेलवारी २ को शिविरबाट ४२, बेलबारी–११ को शिविरबाट ५२ र पथरीशनिश्चरे–३ को शिविरबाट ३१ जना विरामीलाई रेफर गरिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए। रे
फर भएका विरामीहरुलाई डा।शर्माले नोबेलकै गाडीमा अस्पताल ल्याउँने र उपचार पश्चात घर पुर्र्याउँने व्यवस्था मिलाइदिएका छन्।
बेलवारी घर भएका डा।शर्माले आफ्नो चुनावी क्षेत्रसमेत रहेको क्षेत्र नं। ३ मा बर्षौ अघिदेखि नोबेल मार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराउँदै आएका छन्। समाजसेवाका माध्यमबाट लोकप्रियता कमाएका डा.शर्मालाई अहिले नेपाली कांग्रेसले सोही क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार बनाउँन सर्वसम्मत सिफारिस गरेको छ।
डा.शर्मा गत प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेद्वार थिए, तर पराजित भए। चुनाव हारेर पनि डा.शर्मा सो क्षेत्रका जनताको सेवामा नियमित लागिरहेका छन्।