बिपि कोईराला १०९ जन्मजयन्तीको अबसरमा तरुण दलले गर्यो नमुना बाल गृहलाई सहयोग 

बिएल संवाददाता

उर्लाबारी 

नेपाल तरुण दल मोरङ जिल्ला कार्य समितिले विपी कोईरालाको १०९ औं जन्मजयन्तिको अवसरमा उर्लाबारीस्थित नमुना बाल गृहलाई स्टेसनरीका समाग्री सहयोग गरेको छ। 

आश्रममा एक कार्यक्रमको आयोजना गरी आश्रित ५५ जना बालबालिकालाई स्टेसनरी सामान सहयोग गर्दै साँझको खाना समेत खुवाएको छ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल तरुण दलका मोरङ जिल्ला सचिव सचिन शाक्यले महामावन विपी कोईरालको जन्मजयन्तीमा स्मरण मात्र गरेर नहुने बताँउदैं सहयोगरुपि सामाजिक कार्यक्रमले मात्र विपिको समाजवादले सार्थकता पाउने बताए।

‘अन्यथा नलागोस मठमन्दिरमा लाखौं खाद्यन्य र दुई चढाईरहेको पाईन्छ, तर त्यहि समाग्री खान नपाएर वालबालिकाहरु समस्या परिरहेको देखेका छौं, प्रमुख अथिती शाक्यले भने, हो त्यसैले मानवसेवा र हितमा गरिएको काम र सेवाले साँच्चिकै पुण्य मिल्नेछ। ’

नेपाल तरुण दलका जिल्ला सदस्य तथा कार्यक्रम संयोजक बिक्रान्त तामाङले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउदैं सहयोग गर्न पाउँदा खुशी लागेको बताए। सहयोगीप्रति तरुण दलका युवाहरु प्रति गृहका कार्यबहाक अध्यक्ष प्रल्हाद थापाले आभार तथा धन्यवाद प्रकट गरे। उनले दाता र सहयोगीको भरमा गृह चल्दै आएको बताए।

कार्यक्रममा नेपाली कांग्रेस उर्लाबारी पुर्व नगर सचिव तथा व्यवसायी बिष्णु गुरागाई,तरुण दलका नेता सुब्रत अधिकारी,बिक्रम चापाँगाई, विद्यार्थी नेता साजनजंग कुवर,तिलक पौैडेल,योगेश छिनाल, लगायतको बाक्लो उपस्थिती रहेको थियो।

कार्यक्रमको सन्चालन विद्यार्थी नेता पोषणजंग आचार्यले गरेका थिए।

प्रकाशित मिति: : 2022-09-09 20:39:00

प्रतिकृया दिनुहोस्