७९ जना सवार श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण 

File Photo
File Photo

श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ।

नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए।

उनका अनुसार सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए।

बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको इन्चार्ज चौधरीले जानकारी दिए।

उनका अनुसार चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेका छन्। 

प्रकाशित मिति: : 2022-08-04 11:11:00

प्रतिकृया दिनुहोस्