हमासको कब्जामा रहेको अनुमान गरिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले सक्रियता देखाएका छन्।
मंगलबार राजदूत पण्डितले जोशीको रिहाइका लागि पहल गर्न त्यहाँका लागि राष्ट्रपति आइस्याक हेर्जोगलाई टेलिफोन गरेका हुन्।
फोन संवादका क्रममा राष्ट्रपति हेर्जोगले ७ अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमण गर्दा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी जोशीलगायत सबै बन्धकहरूको सुरक्षित रिहाइ र स्वदेश फिर्ता सुनिश्चित गर्न इजरायलले हर सम्भव प्रयास गरिरहेको बताएका नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।
इजरायल-हमास युद्धविराम भएर बन्दी रिहाइको प्रक्रिया जारी छ। तर, विपिन जोशीको बारेमा हालसम्म कुनै अत्तोपत्तो छैन। उनी हमासकै कब्जामा रहेको अनुमान गरिएको छ। सोही अनुसार सरकारले विपिनको रिहाइका लागि पहल गरिरहेको छ।