ओलीले सुनेनन् ‘रास्वपा’को कुरा, स्वर्णिम बोल्नै लाग्दा उठेर हिँडे एमाले सांसदहरू

Break n Links
Break n Links

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको ‘पाँचौँ अधिवेशन’को पहिलो बैठकमा रास्वपा सांसदको सम्बोधन बहिष्कार गरेका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा दलीय आधारमा रास्वपा सांसद स्वर्णिम वाग्लेले बोल्नै लाग्दा प्रधानमन्त्री ओलीसहित कतिपय एमाले सांसदहरू सदनबाट बाहिरिएका छन्।

यसअघि सभामुखले बोल्न समय नदिएको भन्दै रास्वपा सांसदहरूले १५ मिनेटका लागि संसद बैठक बहिष्कार गरेका थिए। प्रधानमन्त्री ओली बाेलिरहँदा १५ मिनेटपछि उनीहरू फेरि संसद बैठकमै फर्किएका थिए।

प्रकाशित मिति: : 2025-01-31 15:31:00

प्रतिकृया दिनुहोस्