साँखु प्रहरी प्रभागभित्रै महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला

प्रतिकात्मक तस्बिर
प्रतिकात्मक तस्बिर

काठमाडौंको साँखुस्थित प्रहरी प्रभागमा एक महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

२३ वर्षीया महिला प्रहरी निशा चौधरी बुधबार ब्यारेकमै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनायो।

उनको हत्या वा आत्महत्या भन्ने खुलिसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2025-02-05 16:02:00

प्रतिकृया दिनुहोस्