रविविरुद्ध ‘संगठित अपराध’मा मुद्दा नचलाउने लुइँटेलमाथि थप अनुसन्धान गरिँदै

Break n Links
Break n Links

साहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अभियोजनमा त्रुटी गरेको आरोपमा सरुवा गरिएका चितवन जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि थप छानबिन हुने भएको छ।

मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता गर्दा रविसहित २० जनालाई सहकारी ठगीमा मात्र मुद्दा दायर भएपछि महान्यायाधिवक्ता कार्यालयले उनलाई रातारात सरुवा गरेको थियो।

रविविरुद्ध ‘संगठित अपराधको कसुर’मा मुद्दा दर्ता नगरेको आरोप लगाउँदै लुइँटेललाई महान्यायाधिवक्ता कार्यालयमा तानेर उनको ठाउँमा उच्च सरकारी वकिल कार्यालय बुटवलका उपन्यायाधिवक्ता रवि न्यौपानेलाई पठाइएको छ।

महान्यायाधिवक्ता कार्यालयले नायव महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। अब उनीमाथि थप कारबाही प्रक्रिया अघि बढ्नेछ।

प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणअन्तर्गत मुद्दा चलाउन दिएको राय उल्टाएर उनले लामिछानेको हकमा मात्रै केस कमजोर बनाउन खोजेको आरोप छ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको मुद्दामा गोरखा मिडियाका सञ्चालक जीबी राई, छविलाल जोशी र कुमार रम्तेलसहित १२ जनालाई ठगीसहित ‘संगठित अपराध’को मुद्दा दर्ता भएकाे छ। त्यस्तै, सरकारी वकिलले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित २० जनालाई ठगीकाे मात्र मुद्दा दर्तागरी संगठित अपराधमा उन्मुक्ति दिएको आरोप छ।

प्रकाशित मिति: : 2025-02-05 13:17:00

प्रतिकृया दिनुहोस्