मानव बेचबिखन आरोपमा कांग्रेस नेता पक्राउ

नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल मानव बेचविखन तथा ठगीको अभियोगमा पक्राउ परेका छन्।

मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई सोमबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो।

विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा पीडितहरूको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। पक्राउ गरेर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनायो।

उनको साथबाट २ करोड ७० लाखको चेकसमेत बरामद भएको ब्युरोले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2025-02-05 16:53:00

प्रतिकृया दिनुहोस्