प्रेमीकी छोरी अपहरण गर्ने महिला पक्राउ

विराटनगरबाट अपहरण गरिएको भनिएकी एक वर्षीया बालिकालाई बुधबार बिहान प्रहरीले करिब ४८ घण्टापछि सकुशल उद्धार गरेको छ।

बालिकालाई भारतको दरभंगाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।

उनका अनुसार अपहरणमा संलग्न एक महिलालाई समेत नियन्त्रणमा लिएको छ।

दीपेन्द्र यादव र ममता यादवकी १ वर्षीया छोरी निकिसालाई सोमबार बिहान ८ बजेतिर अपहरण गरेर एक युवतीले लगेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

बालिकालाई दीपेन्द्रकी प्रेमिका अञ्जली साहले अपहरण गरेर दरभंगा पुर्‍याएको अवस्थामा सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।

अञ्जलीले छोरीलाई लिएर गएपछि दीपेन्द्रले प्रहरीलाई खबर गरेका थिए। बालिकाका बुवा दीपेन्द्रलाई पनि घटनापछि नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको जनाएको छ।

प्रकाशित मिति: : 2022-07-20 10:28:00

प्रतिकृया दिनुहोस्