रुसी र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

File Photo
File Photo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच फोनवार्ता भएको छ।

उनीहरुबीचको फोनमा युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ।त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका बारेमा कुराकानी भएको समाचारमा जनाइएको छ।

सोमबार भएको सो कुराकानीमा दुई देशबीचको आर्थिक सहयोग र साझेदारीका विषयमा पनि कुराकानी भएको बताइएको छ।युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी हुनुका साथै उनीहरुले रुस र युक्रेनको युद्धका कारण भएको खाद्यान्न संकटको अवस्थामा युक्रेन र अरु विश्वका लागि के कसरी खाद्यान्न आपूर्तिको अवस्थाको व्यवस्थापन गर्ने भन्ने विषयमा पनि कुराकानी भएको बताइएको छ।

रुसले युक्रेनमा हमला गरेपछि पछिल्ला दिनमा विश्वमा नै खाद्यान्न अभाव हुदै गएको छ।युक्रेनका लागि र युक्रेन भएर हुने खाद्यान्न आपूर्तिका सम्बन्धमा विश्वका विभिन्न देशले यसको विकल्पका बारेमा छलफल गरिरहेका छन्।

प्रकाशित मिति: : 2022-07-12 12:56:00

प्रतिकृया दिनुहोस्