भाइ राजपक्षे विदेश भाग्न खाेजे तर विमानस्थलबाटै फर्काइए

ANI News
ANI News

राष्ट्रपति गोटाबाया राजपक्षेका भाइ तथा पूर्व अर्थमन्त्री सासिल राजपक्षे बासिल राजपक्षे विदेश भाग्न खोज्दा विमानस्थलबाट फर्काइएका छन्।

श्रीलंका संकट गहिँरिदै गइरहेका बेला अमेरिका जान हतारिएका उनी उड्नै पाएनन्। विमानस्थल अध्यागमनका कर्मचारीको चर्को विरोधपछि भाइ–राजपक्षे आफ्नो निवास फर्किन बाध्य भएको अधिकारीहरूले जनाएका छन्। 

एकातिर आर्थिक संकटको तनाब थेगिरहेका आम–जनता आक्रोशित छन्। अर्कोतिर दुई दशकदेखि शासन गरिरहेको राजपक्षे परिवारका सदस्यहरू भाग्दै, लुक्दै हिँडिरहेका छन्। 

उनी अमेरिका भाग्नका लागि चारवटा टिकट र लाखौं पैसा बोकेर विमानस्थल गएको प्रदर्शनकारीहरू बताउँछन्। भाइ राजपक्षे विमानस्थल पुगेको पत्तो पाएलगतै हजारौँ–हजार मानिस सडक आन्दोलनमा उत्रिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रदर्शनकारीको चर्को दबाबपछि अध्यागमनका कर्मचारीले विदेश भाग्नबाट रोकेको बताइएको छ। 

वर्तमान राष्ट्रपति राजपक्षेले संकट छल्न देश छोडेर भागेको अड्कलबाजी चलिरहेको छ। तर सभामुख महिन्दा यापाले राष्ट्रपति देशभित्रै रहेको बताएका छन्। 

आन्दोलनकारीले राष्ट्रपति भवन कब्जामा लिनुपूर्वदेखि उनी सम्पर्कमा छैनन्। 

श्रीलंकामा २० जुलाईमा नयाँ राष्ट्रपति पदका निर्वाचन हुँदैछ। लुकिछिपी हिँडिहरेका राष्ट्रपति गोटबायाले तत्कालै राजीनाम दिने बताएका छन्। 

प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीले औपचारिक रूपमा राजीनामा नगरेसम्म निवास नछाड्ने बताएका छन्।

प्रकाशित मिति: : 2022-07-12 12:03:00

प्रतिकृया दिनुहोस्