भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १५ जनाको मृत्यु भएको छ।
वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन्।
वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ। अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
स्थानीय समयअनुसार शुक्रबार साढे पाँच बजे अकस्मात आँधी र वर्षा सुरु भएको थियो। घाइतेहरुलाई अस्पताल पुर्याउन सेनाको हेलिकप्टर परिचालन गरिएको छ।