काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि

file photo
file photo

काठमाडौं उपत्यकामा हैजाका विरामीको संख्या १४ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आरडिटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो। 

ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने इकालाई जिवाणु भेटिएको मन्त्रालयले जनाएको छ। हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान मन्त्रालयले सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति: : 2022-06-29 18:32:00

प्रतिकृया दिनुहोस्