अफगानिस्तानमा भूकम्पः कम्तीमा २५० जनाको मृत्यु

बिएल संवाददाता

अफगानिस्तान
File photo
File photo

अफगानिस्तानको भूकम्पमा कम्तीमा २५० जनाको मृत्यु भएको छ। भूकम्पमा १५० भन्दाबढी घाइते भएका छन्।

सामाजिक सञ्जालमा सेयर गरिएका तस्बीरमा पाक्तिका प्रान्तका मानिसहरूलाई स्ट्रेचरमा बोकेका र भग्नावशेषबाट निकालिएका देख्न सकिन्छ। भूकम्पको केन्द्र दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा रहेको जनाएको छ। 

अफगानिस्तानको ५०० किलोमिटरभन्दा बढी क्षेत्र, पाकिस्तान र भारतसम्म भूकम्पको धक्का महसुस गरिएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ। भूकम्प अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामबादसम्म महसुश गरिएको केन्द्रले जनाएको छ। 

अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प ६ दशमलब १ म्याग्निच्युडको  थियो। ‘दुर्भाग्यवश हिजो राति पाक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प जाँदा सयौं जनाको ज्यान लिएको छ। भूकम्पमा दर्जनौं घरहरू ध्वस्त भएका छन्’, सरकारी प्रवक्ता बिलाल करीमीले ट्वीट गरेका छन्।

प्रकाशित मिति: : 2022-06-22 12:08:00

प्रतिकृया दिनुहोस्