उर्लाबारीमा श्रीमानद्वारा श्रीमतीकाे आन्द्रा निस्किने गरि छुरा प्रहार

File Photo
File Photo

उर्लाबारीमा मादक पदार्थ सेवन गरेका श्रीमानले छुरा प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी छन्।

मोरङको उर्लाबारी–४ बिचटाेलमा राति सवा ९ बजेतिर मादक पदार्थ सेवन गरेका श्रीमान सुमन बोहोराले पारिवारिक रिसमा श्रीमती कुमारी बोहोरालाई अन्धाधुन्ध छुरा प्रहार गरेका हुन्।

पेटमा छुरा प्रहार गरेपछि गम्भीर घाइते भएी कुमारीलाई झापाको बिएन्डसी अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले जनाएका छन्। उनले भने, 'श्रीमान मादक पदार्थ सेवन कारण अचेत छन्। घटनाबारे अनुसन्धान भइरहेकाे छ।'

प्रकाशित मिति: : 2022-05-31 07:02:00

प्रतिकृया दिनुहोस्