डा. भगवान कोइराला किन दमकमा स्याटलाइट बालअस्पताल बनाइरहेका छन् ?

डाक्टर भगवान कोइराला नेपालका सातवटै प्रदेशमा वाल अस्पतालको चेन बनाउन अमेरिकामा पैसा संकलन गर्ने अभियानमा छन्। उनले प्रस्तुतिको क्रममा भनेका छन्, ‘पहिलो चरणमा दमकमा स्याटलाइट अस्पताल बन्दैछ।‘

सहभागीहरूको मनमा किन दमकबाटै योजना सुरू गरेका होलान् ? यो त फेरि अत्यन्त सुगम ठाउँ हो। त्यही पनि सुविधासम्पन्न सरकारी अस्पताल छ, नजिकै विराटनगर, धरान, बिर्तामोड छन्। अझ, धेरै विरामीको  विश्वास मेची पारि सिलिगुढीबाट हट्न सकेको छैन ।

धेरैलाई थाहा छ, दमक एमाले अध्यक्ष के पी शर्मा ओलीको गृहनगर हो, निर्वाचन क्षेत्र हो। धेरैलाई लागेको हुनुपर्छ, दमकबाटै गणेशायनम: भन्नुको कारण यही हुनुपर्छ।

मूल कारण यही हो, डा. कोइराला सुरूदेखि नै नेपालमा डा. गोविन्द केसीले सञ्चालन गरेको मेडिकल माफिया आन्दोलनको विपक्षमा उभिदै आएका छन्। ओलीको पार्टी नेपालमा मेडिकल माफियाको पक्षधर पार्टी हो । काठमाडौंको मनमोहन अस्पतालदेखि दुर्गा प्रसाईको विर्तामोडस्थित बीएनसी अस्पतालसम्मैको माखेसाङ्लोले त्यही देखाउँछ।

डा. कोइरालाले अप्रत्यक्ष रूपमा ओलीको लाइन समातेपछि ओली प्रधानमन्त्री भएको बेला उनलाई २०७६ कातिक १७ गते नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरियो। अहिले पनि उनी त्यही पदमा बहाल छन् र उनको पदावधि २०८० सालको कातिक १६ गतेसम्म रहेको छ।

ओलीले यति मात्र गुन लगाएका छैनन्। ओलीका वफादार विद्यासुन्दर शाक्य काठमाडौंको मेयर हुँदा डा. कोइरालाको योजनाका लागि करोडौ स्रोत जुटाइ दिएका छन्र अर्का वफादार बूढानीलकण्ठका मेयरलाई भनेर बूडानीलकण्ठमा अर्वौको सरकारी जग्गा दिलाइ दिएका छन्।

यी सबैको एकमुष्ट गुन तिर्न डा. कोइरालाले दमकबाटै आफ्नो वाल अस्पताल योजनाको गणेशाय गर्न लागेका हुन्। यसका लागि ओलीले आना भतिज मेयर हुँदा दमक नगरपालिकाको स्रोत र साधन दोहन गरेर अस्पतालका लागि सबै चाँजोपाँचो मिलाइ दिएका छन्। यसमा त्यहाँ रेडक्रसको पनि राम्रै परिचालन गरिएको छ।

यी सबै पृषठभूमिमा ओलीले लगाएको गुन तिर्न र उनलाई राजनीतिक फाइदा दिलाउन डा. कोइरालाले दमकबाटै नेपालका सातवटै प्रदेशमा वाल अस्पतालको चेन बनाउने योजना अगाडि बढाएका हुन्।

प्रकाशित मिति: : 2022-05-29 21:52:00

प्रतिकृया दिनुहोस्