बेलायतका राजकुमार मंगलबार नेपाल आउँदै, काठमाडौं र पोखरा भ्रमण गर्ने

बेलायतका राजकुमार एडवार्ड श्रीमती सोफियासहित मंगलबार नेपाल भ्रमणमा आउने भएका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार उनी नितान्त निजी भ्रमणमा नेपाल आउन लागेका हुन्। उनको टोली काठमाडौं, र भक्तपुरको भ्रमणपछि पोखरा जाने पूर्व निर्धारित कार्यक्रम छ।

गृह मन्त्रालय स्रोतका अनुसार उनको टोली शनिबार स्वदेश फर्कने छ। यो उनीहरूले सन् २०२५ को पहिलो विदेश भ्रमण भएको बेलायतको राजदरबारले उल्लेख गरेको छ।

गृह मन्त्रालयले राजकुमार र उनको टिमको भ्रमणको सुरक्षा व्यवस्था चुस्त पार्न प्रहरीलाई निर्देशनसहित पीएसओ खटाउने तयारी गरेको छ।

उनीहरूले नेपालमा रहँदा माइती नेपाल, कीर्तिपुर आँखा अस्पताल, भक्तपुरको एसओएस बालग्रामको भ्रमण गर्ने छन्। त्यसपछि उनीहरू पोखरा भ्रमणमा निस्कने बताइएको छ।

प्रकाशित मिति: : 2025-02-03 17:08:00

प्रतिकृया दिनुहोस्