गृह मन्त्रालयले सहसचिव तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीलाई सरुवा गरेको छ।
भिजिट भिसामा बदमासी गरेको उजुरी परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका ९ कर्मचारीको सरुवा गरिएको हाे।
भट्टराईसहित मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालस्तरीय निर्णयबाट तीन नायब सुब्बा, ४ कम्प्युटर अपरेटर र एक सहायक कम्प्युटर अपरेटरको सरुवा गरिएकाे बुझिएकाे छ।
तर अख्तियारले उनीहरूकाे सरुवा भएपनि रमना बुझिनसकेका प्रमुख भट्टराईलाई नियन्त्रणमा लिएको थियो। अहिले उनको मोबाइल नियन्त्रणमा लिएर अख्तियारले ‘फरेन्सिक ल्याब’मा पठाएको छ।