एलिनाको फेसबुकमा कमेन्ट गर्ने ‘कवि’ पक्राउ

गायिका एलिना चौहानलाई फेसबुकमा गाली गर्ने एकजना ‘कवि’लाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले चितवनका साहित्यकार गुञ्जन राईलाई पक्राउ गरेको हो। 

केही दिनअघि गायिका चौहानले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। 

गुञ्जन नेपाल प्राज्ञ प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा छानिएका शीर्ष २५ कवि मध्येका एक हुन्। 

सामाजिक सञ्जालमा अश्लील र छाडा अनि गालीगलौज गरेर टिप्पणी गर्नेहरूको भण्डाफोर अभियान चलाएकी एलिनाले केही दिनअघि गुञ्जनको प्रोफाइल पनि सार्वजनिक गरेकी थिइन्। 
 

प्रकाशित मिति: : 2025-07-03 15:12:00

प्रतिकृया दिनुहोस्