अमेरिकी स्वतन्त्रता दिवस : आतंकवादी आक्रमणको ‘त्रास’

अमेरिकी स्वतन्त्रता दिवसको उपलक्ष्यमा हुने भव्य कार्यक्रमहरूमा आतंकवादी आक्रमण हुनसक्ने भन्दै अमेरिकाका संघीय सुरक्षा अधिकारीहरूले ‘हाई अलर्ट’ जारी गरेका छन्। 

यो दिनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इतिहासकै सबैभन्दा भव्य बनाउने घोषणा गरिसकेका छन्। सुरक्षा अधिकारीहरूले स्वतन्त्रता दिवस मनाउनका लागि आयोजना भएका समारोहमा एकल वा सामूहिक आतंकवादी आक्रमण हुनसक्ने सूचना पाएको बताएका छन्। 

त्यस्तो सम्भावित जोखिमलाई ध्यान दिँदै सबै सुरक्षा निकाय उच्च तयारीमा रहेको र कुनै पनि आक्रमणलाई निस्तेज पारिदिने पनि उनीहरूले जनाएका छन्। 

अमेरिकाले हरेक वर्ष जुन ४ तारिखमा स्वतन्त्रता दिवस मनाउँछ। फोर्थ अफ जुलाई भनेर पनि यो दिनलाई सम्झन सकिन्छ। सन् १७७६ जुलाई ४ मा अमेरिकी उपनिवेशबाट अमेरिका स्वतन्त्र राष्ट्र भएको थियो। 

गत २२ जुनमा अमेरिकी सैनिकले इरानका तीन मुख्य परमाणु केन्द्रहरू ध्वस्त बनाइदिएको थियो। त्यसले गर्दा मध्यपूर्वमा सक्रिय विद्रोही समूहहरूले अमेरिकामाथि आक्रमणका सम्भावनाहरू बढाएको सुरक्षा विश्लेषण छ। 

अमेरिकी आन्तरिक सुरक्षा विभागले एक विज्ञप्ति जारी गर्दै स्वतन्त्रता दिवसलाई सुरक्षित र भयरिहत बनाउन सबै सुरक्षा निकाय उच्च सतर्क रहेको भन्दै यो दिवसलाई भव्यताका साथ मनाउन अमेरिकी नागरिकलाई अपिल पनि गरेको छ। 
यो दिवसमा अमेरिकाभरि निकै भव्यता हुन्छ। सबै राज्यहरूसँगसँगै सबैभन्दा भव्य कार्यक्रम सान फ्रान्सिस्कोमा हुने बताइएको छ। यहाँ २ लाखभन्दा धेरै मानिस जम्मा हुनेछन्। 
 

प्रकाशित मिति: : 2025-07-03 14:50:00

प्रतिकृया दिनुहोस्