चितवनमा आज रविविरुद्ध मुद्दा दर्ता हुँदै, १४ प्रतिवादीबाट ३८ करोड बिगो माग

फाइल तस्बिर
फाइल तस्बिर

चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित २० व्यक्ति र संस्थाहरूविरुद्ध मुद्दा दर्ता हुने भएको छ।

चितवन जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार प्रहरीले दिएको पुरक अनुसन्धान प्रतिवेदनका आधारमा आज रविसहित १४ व्यक्ति तथा गोर्खा मिडिया प्रालि र साहारा बचतसहित ६ वटा संस्थाविरुद्ध सहकारी ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता गर्न लागिएको हो। 

यसअघि अनुसन्धान फितलो भएको भन्दै सरकारी वकिलको कार्यालयले प्रहरीले पठाएको पहिलो फाइल फिर्ता गरेको थियो। 

साहारा सहकारीको कुल ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। लामिछानेसहितका १४ प्रतिवादीबाट सोही बराबर बिगो भराउनुपर्ने प्रहरीको राय छ।

त्यस्तै कम्पनीक‍ो हकमा ५६ करोड २२ लाख बराबर रकम बिगो माग गरिएको छ।

प्रकाशित मिति: : 2025-02-03 13:57:00

प्रतिकृया दिनुहोस्