बिएल संवाददाता
मोरङको धनपालथान गाउँपालिका-४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार पुर्पक्षका लागि कारागार चलान चलान भएका छन्।
जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले रौनियारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।
तीन दिनसम्म चलेको बयान र आइतबार भएको थुनछेक बहसपछि इजलासले उनलाई कारागार चलान गरेको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।
मुख्य आरोपी रौनियारकै सक्रियतामा उमागौरी सहकारी स्थापना भएको थियो। सो सहकारी ठगी प्रकरणमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला पनि जोडिएकी छन्।
रौनियार र कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको थियो। २६ जनासँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबी गरिएको छ।
अन्जला यसअघि नै अदालतबाट १० लाख धरौटीमा रिहा भइसकेकी छन्। २८ मंसिरमा जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक तथा धनपालथानका पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइसकेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया