मोरङको उर्लाबारीमा कावेली बहुउद्देश्यीय सहकारीको उद्घाटन

मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ७ मा कावेली बहुउद्देश्यीय सहकारी संस्थाको उद्घाटन भएको छ। बिहीबार उर्लाबारीका नवनिर्वाचित मेयर गंगाप्रसाद खरेलले रिवन काटेर सहकारीको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खरेलले सहकारीको सफलताको कामना गर्दै स्वरोजगार प्रवद्धर्नमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

‘पैसा बचत गर्ने, ऋण मात्रै दिएर प्रगति हुँदैन्,’ खरेलले भने।

उत्पादनमुलक क्षेत्रमा लगानी गरेर सदस्यहरुलाई मुनाफा दिन सक्नुपर्छ। ऋणकै कारण धेरैको घरबास उठिबास भएको भन्दै मेयर खरेलले शेयर सदस्यको हितमा सहकारी हुनुपर्ने औल्याए।

सहकारीलाई स्थानीय क्षेत्रको आर्थिक विकास, सदस्यहरुको आय वृद्धि र स्वरोजगार प्रवद्धर्न गर्ने उदेश्य लिएर स्थापना गरिएको सहकारीका अध्यक्ष सुभाष पौडेलले बताए।

सहकारीका अध्यक्ष पौडेलले भने,‘हामी सहकारीमार्फत् सामाजको आर्थिक, सामाजिक विकासमा सबैसँग हातेमालो गरेर अगाडि बढ्ने छौं।’ मोरङका सात वटा पालिकालाई समेटेर कार्य गर्ने बताउँदै पौडेलले केही समयपछि विभिन्न ठाउँमा छिट्टै शाखा खोल्ने समेत बताए।

उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने गरि स्थापना गरिएको सो सहकारीमा हाल १२५ जना शेयर सदस्य रहेका छन्।

कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना पौडेल, वडा नम्बर ७ का निवर्तमान वडा अध्यक्ष विरवल थापा लगायत स्थानीय व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।

प्रकाशित मिति: : 2022-05-26 19:36:00

प्रतिकृया दिनुहोस्