उर्लाबारी –४ मा एमालेको चुनावी अभियान तीव्र

मोरङको उर्लाबारी–४ मा नेकपा एमालेका उम्मेदवार आफ्ना प्रतिबद्धता लिएर मतदाता माझ पुगेका छन्। 

लामो समयदेखिको अनुभवले खारिएका वडाध्यक्षका  उम्मेदवार लक्ष्मीनारायण धिमाल नेतृत्वको टिमले यो वडाको विकासका एजेण्टा वडाबासी समक्ष प्रस्तुत गर्दै आएको छ।

एमालेले वडा नं. ४ को वडाध्यक्षमा लक्ष्मीनारायण धिमाल, खुला सदस्यमा शेखरनाथ दाहाल र सुरेन्द्र न्यौपान, महिला सदस्यमा कृष्णमाया कडरिया र दलित महिला सदस्यमा अमृता नेपालीलाई उम्मेदवार बनाएको छ।

वडाको विकासका एजेण्डा पूरा गर्ने खालका  उम्मेदवार उठाइएको एमाले उर्लाबारी निर्वाचन परिचालन कमिटी संयोजक भूपालसिं जिमीले बताए।

वडाका टोल टोलमा पुगेर वडाबासीका गुनासा सुन्ने र आफ्ना एजेण्डा प्रस्तुत गर्दै आएको सदस्य पदका उम्मेदवार शेखरनाथ दाहालले बताए। आफूहरुको उम्मेदवारीप्रति वडाबासी उत्साहित भएको उनले बताए।

वैशाख १९ गते बिहानदेखि बेलुकासम्म नै मेयर पदका उम्मेदवार गंगाप्रसाद खरेल, उपमेयर पदकी  उम्मेदवार मीना पौडेलसहित वडाका उम्मेद्वारहरु, निर्वाचन परिचालन कमिटीलगायत वडा नं. ४ मा चुनावी प्रचारमा आउने कार्यक्रम रहेको दाहालले बताए।

प्रकाशित मिति: : 2022-04-30 22:03:00

प्रतिकृया दिनुहोस्