'अटेरी' समूह पाेखराले मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि प्रदर्शन गरेको छ। चुनाव चिन्ह 'लौरो' खाेसिएपछि अटेरी समर्थकहरू प्रदर्शनमा उत्रिएका हुन्।
अटेरी अभियानका नामबाट पोखराबाट सुरू भएको अभियान अहिले देशव्यापी छ। देशैभरि अभियानसँग जोडिएर स्वतन्त्र उम्मेदवारी दर्ता भएका छन्।
शनिबार दिउँसो अटेरीको पोखरा समूहले चुनाव चिन्ह 'लौरो' पाएको भन्दै सामाजिक सञ्जालमार्फत् पोखरा महानगर प्रमुख गनेस पौडेलले पोष्ट्याए। तर, तीन घण्टा पनि नबित्दै अटेरीको चुनाव चिन्ह 'लौरो' खोसिएको छ।
निर्वाचन कार्यालयले बिहान १० बजे आफूहरूलाई चिह्न छनोट गर्न लगाएर दिउँसो दिन नसकिने भन्दै खबर दिएको जानकारी आएको पौडेलले बताएका छन्।