'अटेरी' समूहको 'लौरो' खोसियो

अटेरी अभियानका नामबाट पोखराबाट सुरु भएको अभियान अहिले देशव्यापी छ। देशैभरि अभियानसँग जोडिएर स्वतन्त्र उम्मेदवारी दर्ता भएका छन्।

अटेरी अभियानबाट पोखरामा मात्रै मेयरसहित १७ जनाको उम्मेदवारी दर्ता भएको छ।

शनिबार दिउँसो पख अटेरीको पोखरा समुहले चुनाव चिह्न लौरो पाएको भन्दै सामाजिक सञ्जालमार्फत पोखरा महानगर प्रमुख गनेस पौडेलले पोष्ट्याए। तर, ३ घण्टा पनि नबित्दै अटेरीको चुनाव चिन्ह लौरो खोसिएको छ।

निर्वाचन कार्यालयले बिहान १० बजे आफूहरुलाई चिह्न छनोट गर्न लगाएर दिउँसो दिन नसकिने भन्दै खबर दिएको जानकारी आएको पौडेलले बताए।

‘पहिले अरु स्वतन्त्र साथीहरुलाई चुनाव चिह्न रोज्न लगाएर बचेको लौरो मैले लिएको हुँ। तर, घर आइसकेपछि दिन मिल्दैन भन्दै खबर पठाएको छ।यस्तो पनि हुन्छ,’ उनले भने।

मुख्य निर्वाचन अधिकृतक श्रीकृष्ण भट्टराईले आफूहरुको प्राविधिक त्रुटिका कारण पौडेलले लौरो चिह्न पाएको तर, पोखराको हकमा दिन नमिल्ने निर्वाचन आयोगले परिपत्र पठाएको जानकारी दिए।

चिन्ह रोज्ने समय ५ बजेसम्म रहेको र ५ बजेसम्म नरोजे कुनै अल्फाबेटबाट चुनाव चिन्ह दिइने उनले बताए।

प्रकाशित मिति: : 2022-04-30 17:09:00

प्रतिकृया दिनुहोस्