काठमाडौंको मेयर पदका लागि उम्मेदवारी दिएका बालेन शाहले 'लौरो' चुनाव चिन्ह पाएका छन्।
चिन्ह लिन शनिबार मध्यान्ह काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेन शाहले 'लौरो' चुनाव चिन्ह पाएका हुन्।
सभागृहमा आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। काठमाडौँमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवार बालेनको पनि उतिकै चर्चा छ।