अछाममा गठबन्धन तटबन्धनमा परिणत हुन्छ : बोहरा

File Photo
File Photo

नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपटबहादुर बोहराले अछाममा कांग्रेसलगायत सत्ता साझेदार दलहरू बीचको गठबन्धन तटबन्धनमा परिणत हुने दाबी गरेका छन्।

निहित स्वार्थका र सत्ता प्राप्तिका लागि बनेको गठबन्धनलाई आसन्न निर्वाचनमा जनताले तटबन्धनमा परिणत गर्ने उनले बताए। नेकपा एमाले बान्नीगढी जयगढ गाउँपालिका कमिटीको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य बोहराले एमालेप्रति आम नागरिकको आकर्षण र लोकप्रियता बढ्दै गएकाले अछाममा सहजै बहुमत प्राप्त हुने बताए।

कार्यकर्ताको उत्साह र एमालेप्रति आम नागरिकको आकर्षणले बान्नीगढी जयगढ गाउँपालिकामा एमाले उम्मेदवारको जित सुनिश्चित भएको उनको भनाई छ । विगतमा पाँच वर्ष कांग्रेसको विभेद, जनविरोधी कार्य र जनतामाथिको निरंकुशताका कारण यस पटक बान्नीगढी जयगढ गाउँपालिकामा एमालेलाई बहुमत प्राप्त गर्न सजिलो हुने बोहराले बताए।

प्रकाशित मिति: : 2022-04-27 18:07:00

प्रतिकृया दिनुहोस्