मनोनयन दर्ता गर्नेको संख्या एक लाख ४४ हजार नाघ्यो

File Photo
File Photo

निर्वाचन आयोगले मनोनयन दर्ता गरेकाहरूको थप संख्या सार्वजनिक गरेको छ।

आज मध्याह्न साढे १२ बजेसम्मको तथ्याङ्कअनुसार मनोनयन दर्ता गर्नेको संख्या एक लाख ४४ हजार ४१६ जना रहेका छन्।

७५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदका लागि करिब चार गुणा बढी उम्मेदवारी परेको हो।

सर्वाधिक मधेस प्रदेशमा ३७ हजार ३७७ जनाले मनोनयन दर्ता गरेको जनाएको छ। त्यसपछि बाग्मती प्रदेशमा २३ हजार ९२६ जना, लुम्बिनी प्रदेशमा २२ हजार ७६६ जना र प्रदेश १ मा २२ हजार ४७० जनाले मनोनयन दर्ता गराएका छन्।

कर्णाली प्रदेशमा १३ हजार १२६ जना, गण्डकी प्रदेशमा १२ हजार ५४७ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार २०४ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ।

आइतबार र सोमबार देशभरका स्थानीय तहमा उम्मेदवारी दर्ता भएको थियो।

प्रकाशित मिति: : 2022-04-26 13:24:00

प्रतिकृया दिनुहोस्