चन्दननाथ नगरपालिकामा कांग्रेसबाट मेयरमा पदम शाही, उपमेयरमा रामदेवी खड्का

जुम्लाकाे एक मात्र नगरपालिका चन्दननाथमा नेपाली कांग्रेसले अधिवक्ता पदम शाहीलाई मेयरको उम्मेदवार बनाएकाे छ भने उपमेयरमा रामदेवी खड्कालाई उम्मेदवार बनाएकाे छ।

नगरमा बलियाे संगठन भएकाे कांग्रेसबाट मेयर र उपमेयरकाे उम्मेदवार काे बन्छ भन्ने चासाेकाे विषय बनेकाे छ।

मेयर पदका उम्मेदवार शाही कानुन व्यवसायी हुन्। उनले लामो समयदेखि जुम्लामा कानुनी वकालत गर्दै आएका थिए।

त्यस्तै उपमेयर पदका उम्मेदवार रामदेवि खड्का सफल व्यवसायी मानिन्छन्। लामो समयदेखि राजनीतिसँगै जुम्लामा व्यवसाय गर्दै आएकी थिइन्।

पार्टी भर्खरै टिकट दिएकोले मनोनयन पत्र दर्ता गर्न जाने तयारी गर्दै गरेको मेयर पदका उम्मेदवार शाहीले बताए।

'अहिले मनाेनयनकै तयारी छ,' उनले भने, 'यसपछि हामी जनतामाझ जान्छाैं।'

मेयर पदका उम्मेदवार शाही पार्टी सभापति शेरबहादुर देउवा पक्षका मानिन्छन् भने भने उपमेयर खड्का कांग्रेस नेता रामचन्द्र पौडेल निकट हुन्।

यसअघि ०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरमा कान्तिका सेजुवाल र उपमेयरमा माओवादी केन्द्रबाट अप्सरा न्यौपाने विजयी भएकी थिइन्।

प्रकाशित मिति: : 2022-04-25 14:17:00

प्रतिकृया दिनुहोस्