रोल्पामा एमाले र कांग्रेसबीच चुनावी तालमेल, यस्तो छ भागबण्डा

रोल्पामा सत्ता गठबन्धनबाट बाहिरिएको नेपाली कांग्रेसले नेकपा (एमाले) सँग चुनावी तालमेल गर्ने भएको छ।

स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रविरूद्ध एमाले र कांग्रेसबीच चुनावी गठबन्धन गरेर अघि बढ्ने सहमति भएको बताइएको छ।

दुई पार्टीबीच जिल्लाका दशमध्ये ८ वटा पालिकामा मिलेर निर्वाचनमा जाने नेपाली कांग्रेस रोल्पाका एक नेताले जनाएका छन्।

जिल्लाका शीर्ष नेताहरूको आन्तरिक बैठकले गठबन्धन गरेर निर्वाचनमा जाने बताएका छन्। चुनावमा गठबन्धन गरेर जानेबारे सैद्धान्तिक सहमति जुटेर निर्णय नै भइसकेको छ।

स्रोतका अनुसार त्रिवेणी, माडी, थबाङ, सुनछहरी एमाले र परिवर्तन, सुनिलस्मृति, लुंग्री, रोल्पा नगरपालिकामा कांग्रेसले नेतृत्व गर्ने चुनावी गठबन्धन भएको छ।

रोल्पाका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको सहमति नभएपछि आफूहरू एमालेसँग चुनावी तालमेल गर्न बाध्य भएको कांग्रेस नेताहरूले जनाएका छन्।

प्रकाशित मिति: : 2022-04-25 12:39:00

प्रतिकृया दिनुहोस्