नेकपा (एमाले)ले विराटनगर महानगरपालिकाको मेयरमा महानगर कमिटी अध्यक्ष सागर थापालाई उम्मेदवार बनाउने भएको छ।
उपमेयरमा महानगर कमिटी उपाध्यक्ष शिल्पा निरौला कार्कीलाई उम्मेदवार बनाउने भएको हो।
राती अबेर महानगरको मेयर र उपमेयर पदको अन्तिम नामा टुङ्गो लागेको एमाले मोरङका सचिव रुपेश खतिवडाले बताए। महानगरको टुङ्गो भने केन्द्रले लगाउने भएकाले केही ढिलो भएको खतिवडाले बताएका छन्।
केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेत र महेश भट्टराई र महानगर कमिटि अध्यक्ष सागर थापाको नाम सिफारिस महानगर कमिटीले सिफारिस गरेको थियो। प्रदेश कमिटीले भने केन्द्रीय सदस्य जीवन घिमिरेको नाम समेत पठाएको थियो।
त्यसै गरी उपमेयरमा शिल्पा कार्की, विमला दाहाल (घिमिरे) र अन्जु उपाध्याय (शिवा) को नाम सिफारिस गरेको थियो।