बागचौर: आफूलाई आएको मेयरको टिकट सहकर्मीलाई हस्तान्तरण

एमालेले बागचौर नगरपालिकाको मेयरमा आफुलाई दिएको टिकट सहकर्मीलाई हस्तान्तरण गरिएको छ। 

एमाले प्रदेश कमिटीले आइतबार मेयरको टिकट एमालेका नगर कमिटी अध्यक्ष घनश्याम शर्मालाई दिएको थियोे। तर शर्माले सोमबार बिहान उक्त टिकट तिलक मल्ललाई हस्तान्तरण गरेका छन्। मल्ल एमालेको प्रदेश कमिटी सदस्य हुन्। 

यसअघि एमालेको नगर कमिटीले मल्लकै नाम मेयरको लागि सर्वसम्मत प्रदेशमा सिफारिस गरेको थियोे। तर आइतबार टिकट आउँदा शर्माको नाममा आएको हो। 

'मल्ल जी चुनावी प्रचारप्रसारमा लागिसक्नु भएको थियोे।' शर्माले भने, 'प्रविधिक कारणले मेरो नाममा टिकट आयो। अहिले सहमतिमा मैले उहाँलाई हस्तान्तरण गरेको छु।' 

खकेन्द्र केसी / सल्यान

प्रकाशित मिति: : 2022-04-25 07:46:00

प्रतिकृया दिनुहोस्